पर्सा: जन्ती जाँदै गरेकाे कार गण्डक नहर नजिक दुर्घटना हुदाँ चालककाे मृत्यु

spot_img

बीरगन्ज,२६ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार राति करिब ९:१५ बजे अनियन्त्रित भई गण्डक नहर छेउको पीपलको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा लगिएकोमा चालकको उपचारकै क्रममा राति करिब १०:१५ बजे मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका अर्का एक व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय