spot_img

पर्सा–४ का कांग्रेस उम्मेदवार रिजालको चुनावी खर्च ११ लाख ७३ हजार

spot_img
spot_img

बीरगन्ज,२९ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश रिजालले गरेको चुनावी खर्च निर्वाचन कार्यालय पर्सामा सार्वजनिक भएको छ।

रिजालका प्रतिनिधि विनय भुषण द्विवेदीमार्फत बुझाइएको विवरण अनुसार, उनका निर्वाचन खर्च कुल ११ लाख ७३ हजार ७१० रुपैयाँ रहेको छ। यसमध्ये प्रचार–प्रसार सामग्री (भण्डा, ब्याच आदि)मा ५ लाख, सवारी साधन र इन्धनमा २ लाख २ हजार ७१० रुपैयाँ, घरदैलो कार्यक्रममा खाजा–चिया–पानीमा १ लाख ५७ हजार, नमूना मतपत्र र ब्यानर छपाईमा १ लाख ५० हजार, मतदाता प्रशिक्षण व्यवस्थापनमा ७८ हजार, टेण्ट, साउन्ड र मञ्च व्यवस्थापनमा ४५ हजार खर्च भएको छ।

त्यसैगरी, क्षेत्रीय प्रचार–प्रसार कार्यालय सञ्चालनमा २५ हजार, मनोनयन दर्ता शुल्कमा १० हजार र पानी–चियामा ३ हजार रुपैयाँ खर्च विवरणमा समावेश गरिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाका टेक बहादुर शाक्य २८ हजार ६ मतसहित विजयी भएका थिए। कांग्रेसका रमेश रिजाल १२ हजार ५३४ मतसहित दोस्रो र नेकपा एमालेका जालिम मियाँ मन्सुरी १२ हजार १४५ मतसहित तेस्रो भएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय