धादिङ,२९ फागुन । त्रिशूली नदी किनारमा अज्ञात महिलाको शव फेला परेको छ। धादिङको गजुरी गाउँपालिका–२, भद्रकाली मन्दिरको पछाडि अवस्थित त्रिशूली नदीमा करिब ४० वर्षीकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
मृत महिलाको पहिचान अहिलेसम्म खुलेको छैन। प्रहरी घटनाबारे थप अनुसन्धान जारी राखेको छ र शवको पहिचान तथा घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको छ।




