spot_img

इरान सम्झौता गर्न इच्छुक, तर अब स्वीकार नगर्ने ट्रम्पको दाबी

spot_img
spot_img

काठमाडाैं,३० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा पराजित भएपछि इरान अहिले सम्झौता गर्न इच्छुक भएको दाबी गरेका छन्। तर अब आफू त्यस्तो कुनै सम्झौता स्वीकार गर्न तयार नरहेको उनले बताएका छन्।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै इरान पूर्ण रूपमा पराजित भएको र अहिले सम्झौताका लागि अघि आएको दाबी गरेका हुन्। उनले लेखेका छन्, “इरान पूर्ण रूपमा पराजित भएको छ र अहिले सम्झौता गर्न चाहन्छ, तर म अब त्यस्तो सम्झौता स्वीकार गर्दिनँ।”

यससँगै उनले केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन्। ट्रम्पका अनुसार ‘फेक न्युज मिडिया’ले इरानविरुद्ध अमेरिकी सेनाले गरेको सैन्य कारबाहीलाई सही ढंगले प्रस्तुत नगरेको आरोप लगाएका छन्। उनले अमेरिकी सेनाले इरानविरुद्ध प्रभावकारी प्रदर्शन गरिरहेको भए पनि त्यसलाई मिडियाले उचित रूपमा रिपोर्ट नगरेको टिप्पणी गरेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त हवाई आक्रमण गर्दै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको छ। त्यसपछि इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरिरहेको बताइएको छ।

यही क्रममा इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा पनि क्षेप्यास्त्र प्रहार भएको खबर सार्वजनिक भएको छ। हाल मध्यपूर्व क्षेत्र बढ्दो द्वन्द्वका कारण तनावग्रस्त बनेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय