spot_img

बारामा ११० उम्मेदवारमध्ये ३५ मात्रै निर्वाचन खर्च विवरण बुझाए

spot_img
spot_img

बीरगन्ज,०५ चैत । बाराका चारवटा निर्वाचन क्षेत्रमा कुल ११० उम्मेदवारमध्ये अहिलेसम्म केवल ३५ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार, निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि बाँकी उम्मेदवारहरूले विवरण बुझाउन बाँकी छ।

उम्मेदवारहरूले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने प्रक्रिया अझै जारी रहेको उनले बताए। विवरण बुझाउने समयसीमा ३५ दिन भए पनि अहिलेसम्म बुझाउने र नबुझाउने उम्मेदवारहरूको नाम गोप्य राखिएको छ। समयसीमा सकिएपछि मात्र ती उम्मेदवारहरूको नाम सार्वजनिक गरिने जानकारी पनि अधिकारी चौधरीले दिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाराका चारै क्षेत्रमा ११० उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै चारै क्षेत्रमा विजय हासिल गरेको थियो। रास्वपाबाट क्षेत्र नं. १ बाट गणेश धिमाल, क्षेत्र नं. २ बाट चन्दन कुमार सिंह, क्षेत्र नं. ३ बाट अरविन्द साह, र क्षेत्र नं. ४ बाट रहबर अंसारी निर्वाचित भएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय