spot_img

पर्सा–२ का सांसद कानु भोजपुरी भाषामा शपथ, धोती–कुर्ता–पगडीमा संसद् प्रवेश

spot_img
spot_img

बीरगन्ज,१२ चैत । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सुशील कुमार कानु बिहीबार सिंहदरबारमा आयोजित नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रममा आफ्नो मातृभाषा भोजपुरीमा पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

सांसद कानुले संसद् प्रवेश गर्ने दिनै मधेसको परम्परागत पहिरन — धोती, कुर्ता र पगडी — लगाउने योजना बनाएका छन्। उनले भने, “आफ्नो मधेस र मधेसी समुदायको मौलिक पहिरन लगाएर मातृभाषामा शपथ लिनु मेरो लागि धेरै ठूलो कुरा हो। यसले भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ।”

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट कानु राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट निर्वाचित भएका थिए। उनका यस कदमले संसदीय मञ्चमा मधेसका मौलिक भाषा र सांस्कृतिक पहिचान उजागर गर्ने अपेक्षा गरिएको छ।

सांसद कानुको निर्णयले मधेसी समुदायको सांस्कृतिक गर्व र भाषिक पहिचानलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने माध्यम बन्ने स्थानीय विश्लेषकहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय