spot_img

ओली पक्राउविरुद्ध एमाले सडकमा

spot_img
spot_img

काठमाडौं,१४ चैत । नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आह्वान गर्दै आजदेखि नै प्रदर्शन सुरु हुने बताएका छन्। उनले विस्तृत कार्यक्रम चाँडै सार्वजनिक गरिने जानकारी दिएका छन्।

बस्नेतले ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै यसको विरोध आवश्यक रहेको बताएका छन्। उनका अनुसार यस्तो कदमले देशमा द्वन्द्व बढाउने खतरा देखिएको छ।

उनले प्रहरीको भूमिकाप्रति पनि असन्तुष्टि जनाउँदै आन्दोलनका बेला कमजोर देखिएको सुरक्षा संयन्त्र अहिले राजनीतिक नेताहरूलाई पक्राउ गर्न सक्रिय भएको टिप्पणी गरेका छन्।

ओलीको पक्राउपछि एमाले आन्दोलनमा उत्रिने निर्णयले देशको राजनीतिक वातावरण थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय