काठमाडौं,१४ चैत । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउबारे टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यस घटनालाई ‘पुरानो कार्य र कुकर्मको परिणाम’सँग जोडेको दाबी गरेका छन्। उनले भारतीय सञ्चारमाध्यम एबीपी न्युजमा प्रकाशित सामग्री साझा गर्दै यस्तो धारणा राखे पनि आफ्नो दाबीको विस्तृत आधार भने प्रस्तुत गरेका छैनन्।
ओली र लेखक पक्राउको विषय नेपालसँगै भारतका विभिन्न सञ्चारमाध्यममा पनि प्रमुख समाचार बनेको छ। भारतीय मिडियाहरूले यस घटनालाई प्राथमिकताका साथ प्रसारण तथा प्रकाशन गरिरहेका छन्।
यस विषयमा नेपाली सरकारी निकाय वा सम्बन्धित पक्षबाट केजरीवालको टिप्पणीबारे कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। घटनाक्रमले दुवै देशको राजनीतिक वृत्तमा थप चर्चा र चासो बढाएको छ।

