काठमाडौं,१४ चैत । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा नेकपा एमालेका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन सुरु गरेका छन्।
सरकारले प्रतिशोधपूर्ण रूपमा अध्यक्ष ओलीलाई पक्राउ गरेको आरोप लगाउँदै कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्। पार्टीका अनुसार आन्दोलनका कार्यक्रम चाबहिल चोकबाट सुरु भएको हो।
पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक चलिरहँदा काठमाडौं जिल्ला कमिटीको आयोजनामा प्रदर्शन सुरु गरिएको हो।
यसअघि ‘जेन–जी आन्दोलन’ दमनसम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा ओलीलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।
पक्राउपछि राजनीतिक तनाव बढ्दै गएको छ भने एमालेले सरकारको कदमविरुद्ध थप कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

