spot_img

ओली–लेखक पक्राउपछि एमालेले अन्य दलसँग संवाद र कानुनी प्रतिवादको जिम्मेवारी बाँडफाँट गर्यो

spot_img
spot_img

काठमाडौं,१४ चैत । नेकपा एमाले ले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेकापछि राजनीतिक दलहरूसँग संवाद र कानुनी प्रतिवादको जिम्मेवारी बाँडफाँट गरेको छ।

पार्टीले उपाध्यक्ष विष्णु पौडेल लाई अन्य राजनीतिक दलसँग संवाद संयोजनको जिम्मा, उपाध्यक्ष रामबहादुर थापा बादल लाई संसदीय दलहरूसँगको संवाद, र उपाध्यक्ष गोकर्ण विष्ट लाई कानुनी प्रतिवादको संयोजन गर्ने जिम्मेवारी दिएको छ।

महासचिव शंकर पोखरेल का अनुसार संसदमा रहेका दलहरूसँग समन्वय गरेर सामूहिक प्रतिवादको योजना बनाइनेछ। उनले अध्यक्ष ओलीको पक्राउलाई “प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी” ठहराउँदै आलोचना गरे।

उल्लेखनीय छ कि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कारबाही सिफारिसपछि शनिबार ओली र लेखक पक्राउ परेका थिए। पक्राउ लगत्तै च्यासलस्थित पार्टी कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा आकस्मिक सचिवालय बैठक बसेको थियो।

बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गरी जेनजी आन्दोलनका घटनाको छानबिन गर्नुपर्ने मागसमेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय