spot_img

ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

spot_img
spot_img

काठमाडौँ,१५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई आज भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ।

उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भौतिक रूपमा अदालत उपस्थित गराउन नसकिने भएपछि यस्तो व्यवस्था गरिएको हो। जिल्ला अदालत काठमाडौंका अनुसार चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पतालमै राखेर सुनुवाइमा सहभागी गराइने तयारी गरिएको छ।

शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन्। चिकित्सकहरूले हाल उनलाई अस्पतालबाहिर लैजान उपयुक्त नहुने सुझाव दिएका छन्।

यसै कारण भिडियो कन्फ्रेन्सिङमार्फत अदालत प्रक्रिया अगाडि बढाइने जनाइएको छ। ओलीसँग सम्बन्धित मुद्दाले अहिले देशको राजनीतिक र कानुनी क्षेत्रमा उच्च चासो पाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय