spot_img

पूर्वगृहमन्त्री रमेश लेखक अदालतमा उपस्थित, म्याद थपको तयारी

spot_img
spot_img

काठमाडौं,१५ चैत । शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

सार्वजनिक बिदाका कारण पक्राउपछि सोही दिन अदालत पेश गर्न नसकिएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा म्याद थपका लागि पेसी तोकिएको अदालत स्रोतले जनाएको छ।

पक्राउपछि उनलाई पहिले सरकारी वकिलको कार्यालय लगिएको थियो। हाल भने नेपाल प्रहरीको महाराजगन्जस्थित २ नं गणको हिरासतमा राखिएको छ।

भदौ २३ र २४ मा भएको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको हो।

आयोगले लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण व्यवहारका कारण मानवीय क्षति भएको निष्कर्ष निकाल्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय