spot_img

महेश बस्नेतविरुद्ध उजुरी अघि नबढेको भन्दै शोभा पाठकको सरकारी वकिल कार्यालयमा धर्ना

spot_img
spot_img

काठमाडौँ,१५ चैत । एमाले सचिव महेश बस्नेतविरुद्ध दर्ता गरिएको उजुरीमा सुनुवाइ नभएको भन्दै शोभा पाठकले जिल्ला सरकारी वकिल कार्यालयमा धर्ना दिने चेतावनी दिएकी छन्।

पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणी र भ्रूण हत्या लगायतका गम्भीर आरोपसहित दिएको जाहेरी अघि नबढाइएको दाबी गर्दै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेकी हुन्।

उनका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता गरिएको जाहेरीमाथि सरकारी वकिल कार्यालयले प्रक्रिया अघि नबढाएको र उच्च अदालतले समेत आवश्यक कदम चाल्न आदेश दिएको भए पनि कार्यान्वयन नभएको आरोप छ।

पाठकले सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले उजुरीमाथि सुनुवाइ नगरेको र अभियुक्तलाई संरक्षण गर्न खोजिएको आरोप पनि लगाएकी छन्। उनले “न्याय नपाएसम्म फर्किन्नँ” भन्दै आन्दोलनको चेतावनीसमेत दिएकी छन्।

यस विषयमा सरकारी वकिल कार्यालयको आधिकारिक प्रतिक्रिया भने हालसम्म आएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय