प्रचण्ड नेकपा संसदीय दलको नेता सर्वसम्मत चयन

spot_img

काठमाडौं,१५ चैत । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ।

आइतबार राजधानीमा बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको हो। पार्टीका सबै सांसदहरूको उपस्थितिमा भएको बैठकले उनलाई औपचारिक रूपमा नेता चयन गरेको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट गरी कुल १७ सिट प्राप्त गरेको छ।

नेता चयनपछि दाहालले संसदमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। उनले सरकारका कामकारबाहीमा रचनात्मक निगरानी र जनअपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

नयाँ राजनीतिक शक्ति सन्तुलनसँगै नेकपाको यो भूमिकाले संसदको कार्यशैली र नीति निर्माण प्रक्रियामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय