spot_img

सरकार पूर्वाग्रही वा प्रतिशोधमा गए देश संकटमा जान सक्छ : नेकपा

spot_img
spot_img

काठमाडौं,१५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा काम गरे देश गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएको छ।

आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा संसदीय दलको संयुक्त बैठकपछि सांसदहरूले सरकारलाई विधि, प्रक्रिया र कानुनअनुसार अघि बढ्न आग्रह गरेका हुन्।

सांसद महेन्द्रबहादुर शाहीले सरकार पूर्वाग्रह र प्रतिशोधका आधारमा अघि बढे मुलुक ‘दुर्घटनातर्फ जान सक्ने’ चेतावनी दिएको जानकारी दिए। उनले सरकारले निष्पक्ष रूपमा छानबिन र कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

बैठकमा सरकारले २०४८ सालदेखि राज्यका विभिन्न निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने निर्णयप्रति नेकपाले समर्थन जनाउने पनि बताइएको छ।

पार्टीले सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनु आवश्यक रहेको उल्लेख गर्दै, कानुनसम्मत ढंगले अघि बढाइएका कदममा समर्थन रहने स्पष्ट पारेको छ।

त्यस्तै, सरकारले अघि सारेको छानबिन तथा सुधार प्रक्रियामा कानुनको दायराभित्र रहेर गरिएका कामहरूमा आफ्नो दलको सहयोग रहने पनि नेकपाले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय