ओली रिहाइको माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता

spot_img

काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (ह्याबियस कोर्पस) निवेदन दर्ता गरिएको छ।

ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको दाबी गर्दै उक्त निवेदन दर्ता गरेकी हुन्।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार निवेदनमाथि सोमबार सुनुवाइका लागि पेसी तोकिएको छ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई जेनजी आन्दोलनका क्रममा भएको दमनको आरोपमा गत शनिबार पक्राउ गरिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय