spot_img

इरानको तेल नियन्त्रणमा लिन सक्ने ट्रम्पको चेतावनी

spot_img
spot_img

काठमाडाै,१६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल स्रोत आफ्नो नियन्त्रणमा लिन सक्ने संकेत दिएका छन्। उनले विशेषगरी इरानको प्रमुख इन्धन केन्द्र ‘खार्ग टापु’ कब्जा गर्ने विकल्पसमेत खुला रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुराकानीमा ट्रम्पले इरानको तेल नियन्त्रण गर्नु आफ्नो प्राथमिक रुचिको विषय रहेको उल्लेख गरे। उनले आवश्यक परे केही समयसम्म उक्त क्षेत्रमा अमेरिकी उपस्थिति कायम गर्न सकिने संकेतसमेत दिएका छन्।

खार्ग टापुको सुरक्षाबारे बोल्दै उनले इरानको प्रतिरक्षा प्रणाली कमजोर रहेको दाबी गरे र त्यसलाई सजिलै नियन्त्रणमा लिन सकिने बताए। यस्ता अभिव्यक्तिले मध्यपूर्व क्षेत्रमा थप तनाव बढ्ने संकेत देखिएको छ।

यसैबीच, क्षेत्रमा थप अमेरिकी सैनिक तैनाथ गरिँदै गर्दा सम्भावित द्वन्द्वको जोखिमबारे चिन्ता पनि बढेको छ। इरानसँगको तनावका कारण अमेरिकी फौजमाथि आक्रमण हुन सक्ने आशंका गरिएको छ।

तर, ट्रम्पले पाकिस्तान मार्फत अमेरिका र इरान बीच अप्रत्यक्ष वार्ता भइरहेको र त्यसले सकारात्मक दिशा लिइरहेको बताएका छन्। उनले छिट्टै कुनै सहमति हुन सक्ने संकेत दिए पनि तत्काल युद्धविरामबारे स्पष्ट धारणा भने दिएका छैनन्।

यो अभिव्यक्तिले अमेरिका–इरान सम्बन्ध थप जटिल बन्ने संकेत गरेको विश्लेषण गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय