spot_img

जुनसुकै परिस्थितिमा युद्ध रोक्ने ट्रम्पको संकेत

spot_img
spot_img

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूलाई जुनसुकै परिस्थितिमा पनि युद्ध रोक्ने तयारी रहेको बताएका छन्।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार ट्रम्पले यदि हर्मुज जलडमरू लामो समयसम्म बन्द भए पनि इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेको संकेत दिएका हुन्।

प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा भनिएको छ कि हर्मुज जलमार्ग खोल्ने सैन्य अभियान अपेक्षित समयभन्दा चारदेखि छ हप्ता बढी लम्बिन सक्ने अनुमान गरिएको छ।

रिपोर्ट अनुसार इरानको नौसेना र क्षेप्यास्त्र क्षमतामा उल्लेख्य क्षति पुगेपछि अमेरिकाले अब व्यापारिक मार्ग पुनः सञ्चालनका लागि सैन्यभन्दा कूटनीतिक दबाबलाई प्राथमिकता दिने रणनीति अपनाउने तयारी गरेको छ।

बीबीसीका अनुसार ह्वाइट हाउसले यसबारे आधिकारिक प्रतिक्रिया भने दिएको छैन।

spot_img

ताजा अपडेट

लोकप्रिय