spot_img

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी

spot_img
spot_img

काठमाडौँ,१८ चैत । नेकपा एमालेका युवा सांसदसुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्। च्यासलमा जारी संसदीय दलको बैठकमा उनले वर्तमान राजनीतिक अवस्था र जनभावनालाई ध्यानमा राख्दै नेतृत्वका लागि आफू तयार रहेको बताएका हुन्।

बैठकमा नेम्वाङले पार्टीको विधि र पद्धतिलाई सम्मान गर्दै अग्रज नेताहरूको अनुभवसँगै युवाको ऊर्जा जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “देशको वर्तमान परिस्थिति हामीले बेवास्ता गर्न सक्दैनौँ, सदनभित्र र बाहिरको अवस्था गम्भीर छ,” भन्दै उनले जिम्मेवारी सम्हाल्ने इच्छा व्यक्त गरेको एक सहभागी नेताले जानकारी दिए।

उनले आफ्नो दाबी अग्रज नेताहरूको भूमिका कमजोर पार्ने उद्देश्य नभएको स्पष्ट पार्दै सबैलाई समेटेर नेतृत्व गर्न सक्ने क्षमता आफूमा रहेको बताएका छन्।

हाल संसदीय दलको बैठकमा यस विषयमा थप छलफल जारी रहेको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय