सर्वोच्चको फैसला नआएसम्म गगन थापा नेतृत्वलाई वैधानिक नमान्ने रणबहादुर रावलको अडान

spot_img

काठमाडौँ,१८ चैत । नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक रूपमा स्वीकार गर्न नसकिने बताएका छन्।

बुधबार खड्का–कोइराला समूहले आयोजना गरेको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले तत्कालीन केन्द्रीय समितिको निर्णयबिना भएको भनिएको विशेष महाधिवेशनलाई वैधानिक मान्न नसकिने दाबी गरे।

रावलका अनुसार तत्कालीन महामन्त्री गगन थापा  लगायतले गरेको संरचना निर्माणलाई सर्वोच्च अदालतको निर्णयपछि मात्र वैध ठहर गर्ने वा नगर्ने विषय टुंगो लाग्नेछ।

उनले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै छिटो टुंगो लगाउनुपर्ने आवश्यकता रहेको बताए। साथै, विशेष महाधिवेशन विधि–विधान विपरीत भएको आरोप पनि उनले लगाए।

रावलले कांग्रेस विधि–पद्धति र संस्थागत मूल्य मान्ने पार्टी भएकाले निर्वाचित नेतृत्व अर्को महाधिवेशन नआएसम्म सहज रूपमा नहट्ने दाबीसमेत गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय