नक्कली फेसबुक आईडीबाट अश्लील सामग्री फैलाउने युवक पक्राउ

spot_img

स्याङ्जा,२१ चैत ।  सामाजिक सञ्जालको दुरुपयोग गरी अश्लील सामग्री बनाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा स्याङ्जामा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा का अनुसार पुतलीबजार नगरपालिका–८ निवासी ३२ वर्षीय सुजन खाँण ठकुरीलाई नियन्त्रणमा लिइएको हो। उनले नक्कली फेसबुक खाता प्रयोग गरी अश्लील भिडियो तयार पार्ने, ती सामग्री पीडित महिलाका आफन्तलाई पठाउने तथा गालीगलौज र धम्की दिने कार्य गरेको आरोप लागेको छ।

प्रहरीका सूचना अधिकारी प्रसन्न राज चौधरी का अनुसार ठकुरीलाई चैत १९ गते पुतलीबजार–१ स्थित शहीदचोकबाट पक्राउ गरिएको हो।

घटनासम्बन्धी विद्युतीय अपराधअन्तर्गत मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको मानहानि वा मानसिक यातना दिने कार्य नगर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय