रौतहटमा सेवाग्राहीलाई दुःख दिने पाँच जना पक्राउ

spot_img

रौतहट,२१ चैत ।  सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार ती व्यक्तिहरूले काम छिटो गरिदिने भन्दै सेवाग्राहीलाई झनझट दिने, कागजात बोकेर विभिन्न फाँटमा दौडधुप गर्ने र त्यसबापत अनुचित लाभ लिने गरेका थिए।

प्रहरी उपरीक्षक सिताराम रिजाल का अनुसार उनीहरूलाई गौर नगरपालिका क्षेत्रका विभिन्न स्थान—बसपार्क, जिल्ला अदालत र मालपोत कार्यालय आसपासबाट पक्राउ गरिएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैबीच, जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा अनलाइन माध्यमबाट चिट चोरेको आरोपमा थप तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सरकारी सेवा लिँदा यस्ता अवैध गतिविधिबाट सतर्क रहन र कुनै समस्या भएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय