गगन थापालाई लक्षित गरी आफूलाई बदनाम गर्न खोजिएको अर्जुननरसिंह केसीको आरोप

spot_img

काठमाडौं,२१ चैत । नेपाली कांग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसी ले आफू र पार्टी सभापति गगनकुमार थापा विरुद्ध योजनाबद्ध रूपमा गलत प्रचार गरिएको आरोप लगाएका छन्।

उनले आफूलाई “ससुरा–ज्वाइँ” सम्बन्ध जोडेर थापासँग मात्र जोडेर टिप्पणी गरिनु राजनीतिक रूपमा नियोजित प्रहार भएको दाबी गरेका छन्। केसीका अनुसार आफ्नो राजनीतिक योगदानलाई बेवास्ता गर्दै व्यक्तिगत सम्बन्धका आधारमा मात्र मूल्याङ्कन गर्ने प्रयास भइरहेको छ।

केसीले २०१७ सालको पञ्चायती शासनविरुद्ध संघर्षदेखि पार्टी निर्माण र लोकतन्त्र स्थापनासम्म आफ्नो योगदान रहेको उल्लेख गर्दै त्यसलाई नजरअन्दाज गर्न नहुने बताए। उनले आफूलाई गगन थापाको ससुराको रूपमा मात्र चित्रण गर्नु गलत भएको टिप्पणी गरे।

उनले पार्टीभित्रैबाट पनि आफ्नो पहिचान सीमित गर्ने प्रयास भएको भन्दै आपत्ति जनाए। साथै, रूपान्तरण र पुस्तान्तरणको पक्षमा रहेकाले आफू विशेष महाधिवेशनको पक्षमा उभिएको स्पष्ट पारे।

केसीले यस्ता टिप्पणीहरूले पार्टीको आन्तरिक एकता कमजोर बनाउने भन्दै जिम्मेवार रूपमा मूल्याङ्कन गर्न सञ्चारमाध्यम र नेताहरूलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय