भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

spot_img

काठमाडाै,२१ चैत । भारतको महाराष्ट्र राज्यमा भएको भीषण सडक दुर्घटनामा एकै परिवारका ९ जनाको ज्यान गएको छ।

शुक्रबार राति नासिक जिल्ला अन्तर्गत डिन्डोरी क्षेत्रको शिवाजी नगरमा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार ती व्यक्ति सामाजिक कार्यक्रममा सहभागी भएर फर्किँदै गर्दा सवार कार अनियन्त्रित भई सडकबाट बाहिरिएको थियो।

दुर्घटनापछि घटनास्थलमै सबैको मृत्यु भएको जनाइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ र दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको छ।

भारतमा सडक दुर्घटनाका घटना प्रायः देखिने गर्छन्। तीमध्ये धेरैजसो दुर्घटना अत्यधिक गति, सवारीसाधनमा ओभरलोड, सडकको अवस्था र लापरबाहीपूर्ण ड्राइभिङका कारण हुने गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय