सबै मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्ने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

spot_img

काठमाडौँ,२१ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले सबै मित्र राष्ट्रसँग सन्तुलित, मैत्रीपूर्ण र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने नीति अपनाएको बताएका छन्।

शनिबार काठमाडौंमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित विदेश नीति मजबुत बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताए।

उनका अनुसार नेपालले कुनै पनि देशसँग असन्तुलित सम्बन्ध नराखी सबैसँग समान र सम्मानजनक कूटनीतिक सम्बन्ध विस्तार गर्ने रणनीति लिएको छ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख ईश्वर कार्की ले समुदायसँगको सहकार्यमा अपराधमुक्त समाज निर्माण गर्न प्रहरी सक्रिय रहेको बताए।

त्यसैगरी टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले खानेपानी समस्या समाधानका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे।

नेतृ कल्पना शर्मा ले जनताको अपेक्षा पूरा गर्न सरकार अझ प्रभावकारी हुनुपर्ने सुझाव दिएकी थिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय