पेट्रोलियम मूल्य वृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन

spot_img

काठमाडौँ,२१ चैत । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनजीवनमा परेको असरप्रति आक्रोश व्यक्त गर्दै राजधानीमा विरोध प्रदर्शन गरिएको छ ।

शनिबार काठमाडौँको माइतीघर मण्डलामा विभिन्न नागरिक समूहहरूले भेला भई सरकारविरुद्ध नाराबाजी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् । ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ र ‘कुशासन विरुद्धको महाअभियान’को संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यका कारण दैनिक जीवनयापन अत्यन्तै कठिन बनेको बताएका छन् ।

प्रदर्शनकारीहरूले सरकारलाई तत्काल मूल्य समायोजन गरी सर्वसाधारणलाई राहत दिनुपर्ने माग गरेका छन् । उनीहरूले मूल्य वृद्धि नियन्त्रण नगरे आन्दोलन अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन् ।

हाल पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यातायातदेखि दैनिक उपभोग्य वस्तुको मूल्यसम्म असर पार्दै गएको भन्दै आम नागरिकमा असन्तोष बढ्दै गएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय