भोलिदेखि देशभर मतदाता नामावली सङ्कलन पुनः सुरु

spot_img

बीरगन्ज,२१ चैत । निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सुरु गर्ने भएको छ ।

आयोगको चैत १८ गते बसेको बैठकले रोकिएको उक्त कार्यक्रम पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । अब नागरिकहरूले आफ्नो विवरण अद्यावधिक गर्न तथा नयाँ नाम दर्ता गर्न सक्नेछन् ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले सो नम्बर प्रयोग गरी अनलाइनमार्फत नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, राष्ट्रिय परिचयपत्र नबनाएका व्यक्तिहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहित आवश्यक जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट पनि प्रत्यक्ष रूपमा नाम दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय