ग्यास अभाव अन्त्य गर्न सरकारलाई सांसद राईको दबाब

spot_img

काठमाडौं,२२ चैत । जयन्तीदेवी राईले खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन्।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद राईले देशभर ग्यासको चरम अभाव रहेको बताउँदै उपभोक्ताले पैसा तिरेपछि सेवा पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

उनले पछिल्लो करिब तीन महिनादेखि ग्यास आपूर्ति असहज भएको उल्लेख गर्दै लामो समय लाइन बस्दा पनि ग्यास नपाउने अवस्था रहेको बताइन्। “विद्युतीय चुल्हो विकल्पका रूपमा भनिए पनि सबै परिवारका लागि उपयुक्त छैन,” भन्दै उनले ठूलो परिवार, वृद्ध र बालबालिका भएका घरमा झन् समस्या भएको धारणा राखिन्।

सांसद राईले ग्यासको अभावले सर्वसाधारणलाई दैनिक जीवन सञ्चालनमै कठिनाइ भएको भन्दै यसको समाधानमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरिन्। साथै, उपभोक्ताबाट रकम लिइसकेपछि सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उनको भनाइ थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय