काठमाडौं,२३ चैत । केपी शर्मा ओली र रमेश लेखक ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
आजको इजलासमा महान्यायाधिवक्ता कार्यालय का तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने कार्यक्रम रहेको छ। यसअघि निवेदक पक्षका कानुन व्यवसायीहरूले आफ्नो बहस सम्पन्न गरिसकेका छन्।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ जारी छ।
जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका दुवै नेताको रिहाइ माग गर्दै चैत १५ गते रिट दायर गरिएको थियो।
उक्त रिट राधिका शाक्य र यशोदा लेखक ले दायर गरेका हुन्, जसमा उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।

