काठमाडौँ,२३ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। सोमबार बसेको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ले भण्डारीको मात्रै उम्मेदवारी परेकाले उनलाई विधिवत रूपमा निर्वाचित घोषणा गरेका हुन्।
उपाध्यक्ष पदका लागि आइतबार तोकिएको मनोनयन दर्ता अवधिमा भण्डारी एक्लै उम्मेदवार बनेकी थिइन्। उनको उम्मेदवारीमा प्रेमप्रसाद दंगाल प्रस्तावक रहेका थिए।
त्यस्तै, समर्थकका रूपमा कृष्णबहादुर रोकाय, पुजा चौधरी र मदनकुमारी शाह ले साथ दिएका थिए।
सर्वसम्मत रूपमा भएको यो चयनले राष्ट्रिय सभामा दलहरूबीच सहकार्यको सन्देश दिएको छ।

