सामाजिक सञ्जाल तत्काल नियमन गर्न एमाले सांसदको माग

spot_img

काठमाडौँ,२३ चैत । नेकपा एमाले की सांसद विष्णुमाया विक ले सामाजिक सञ्जालको बढ्दो प्रभावले राजनीतिक निर्णयसमेत प्रभावित हुन थालेको भन्दै तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेतृत्व चयनदेखि प्रधानमन्त्री र पार्टी अध्यक्षसम्मको विषय सामाजिक सञ्जालले प्रभावित गरिरहेको दाबी गरिन्। “अब कसलाई नेता वा प्रधानमन्त्री बनाउने भन्ने विषय पनि सामाजिक सञ्जालले निर्धारण गर्न थालेको छ,” उनले भनिन्, “यसलाई तत्काल नियमन गर्न आवश्यक छ।”

फरक प्रसङ्गमा उनले केपी शर्मा ओलीरमेश लेखक लाई रिहा गर्न पनि सरकारसँग माग गरिन्। उनीहरूबाट प्रमाण नष्ट हुने कुनै आधार नरहेको उल्लेख गर्दै थुनाबाहिर राखेर अनुसन्धान अघि बढाउनुपर्ने उनको धारणा थियो।

सांसद विकले एमाले समर्थक अमिसा पराजुली माथि भएको भनिएको साइबर आक्रमण र हिंसाप्रति पनि आपत्ति जनाउँदै यस्ता घटनामा सरकार गम्भीर बन्नुपर्ने बताइन्।

उनको भनाइमा, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्दै लोकतान्त्रिक अभ्यासलाई सुरक्षित राख्न प्रभावकारी नीतिगत हस्तक्षेप आवश्यक भइसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय