वीरगन्जको मुक्तिनाथ ज्वेलर्समा गहना हेर्ने बहानामा चोरी

spot_img

वीरगन्ज,२३ चैत । वीरगन्ज महानगरपालिका–९ घण्टाघर नजिकै रहेको मुक्तिनाथ ज्वेलर्सबाट करिब ५० हजार रुपैयाँ बराबरका सुनचाँदीका सामान चोरी भएका हुन्। पसलका सञ्चालक गौतम सर्राफका अनुसार आइतबार दिउँसो करिब १ बजे दुई महिलाको समूह ग्राहक बनेर पसलमा प्रवेश गरेका थिए। सामान हेर्ने बहानामा उनीहरूले अवसर पाउँदै केही गहना चोरी गरेर फरार भएका हुन्।

घटनाको समयमा पसलमा उनका भान्जा मात्रै रहेका थिए। सोमबार मौज्दात मिलान गर्दा सामान अभाव देखिएपछि CCTV फुटेज जाँच गर्दा चोरी भएको पुष्टि भएको सर्राफले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार चोरी भएको सामानको मूल्य करिब ५० हजार रुपैयाँ बराबर रहेको छ। घटनाबारे नेपाल सुनचाँदी व्यवसायी संघ पर्सा तथा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिने तयारी भइरहेको जनाइएको छ। प्रहरीले CCTV फुटेजका आधारमा संलग्न व्यक्तिको खोजी प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

दिउँसै व्यस्त बजार क्षेत्रमा भएको यस्तो घटनाले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय