लागूऔषध सेवन गरी सवारी चलाउने १२ चालक पक्राउ

spot_img

हेटौंडा,२३ चैत । मकवानपुरमा लागूऔषध सेवन गरी सवारी चलाउने १२ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेशन ड्रप’ अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको हो।

चेकजाँचका क्रममा कुल ६५ वटा सवारी साधन निरीक्षण गरिएको थियो। सो क्रममा १२ जना चालकले लागूऔषध सेवन (लापसे) गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख जोखिम भएकाले अभियानमार्फत कडाइ गरिएको हो।

प्रहरीले सडक सुरक्षा सुनिश्चित गर्न यस्ता चेकजाँच नियमित रूपमा जारी रहने जनाएको छ। साथै, चालकहरूलाई लागूऔषध सेवन नगरी जिम्मेवार ढंगले सवारी चलाउन आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय