सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

spot_img

काठमाडौं,२४ चैत । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५० हजार १७० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय