६ देशका राजनीतिक कोटाबाट नियुक्त राजदूत फिर्ता

spot_img

काठमाडौँ,२४ चैत । सरकारले राजनीतिक कोटाबाट विभिन्न देशमा नियुक्त भएका ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकामा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

फिर्ता बोलाइएकामध्ये भारतका शंकरप्रसाद शर्मा, अस्ट्रेलियाकी चित्रलेखा यादव, श्रीलंकाका पूर्णबहादुर नेपाली, दक्षिण कोरियाकी शिवमाया तुम्बाहाम्फे, डेनमार्ककी सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका कपिल श्रेष्ठ रहेका छन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार सम्बन्धित राजदूतहरूलाई एक महिनाभित्र स्वदेश फर्किन पत्राचार गरिएको छ।

यसअघि पनि वर्तमान सरकारले राजनीतिक कोटाबाट नियुक्त भएका ११ जना राजदूत फिर्ता बोलाइसकेको थियो। पछिल्लो निर्णयसँगै राजनीतिक नियुक्ति भएका कूटनीतिक प्रतिनिधिहरूलाई क्रमशः फिर्ता गर्ने प्रक्रिया अघि बढेको देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय