नारायणी अस्पतालमा गुनासो व्यवस्थापन केन्द्र स्थापना

spot_img

बीरगन्ज,२४ चैत । नारायणी अस्पतालले सेवा प्रवाहसँग सम्बन्धित गुनासोको सुनुवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन केन्द्र स्थापना गरेको छ। अस्पतालले प्रदान गर्ने विभिन्न सेवा, त्यसको प्रक्रिया तथा नतिजासँग सम्बन्धित समस्या र गुनासोहरू संकलन गरी उचित समाधान गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो।

अस्पतालका अनुसार गुनासो व्यवस्थापन केन्द्रको नेतृत्व मेडिकल अधिकृतले गर्नेछन् भने अन्य कर्मचारीहरूको समेत सहभागिता रहनेछ। केन्द्रमार्फत प्राप्त गुनासोहरूलाई वर्गीकरण गरी सम्बन्धित पदाधिकारीमार्फत समाधान गरिने व्यवस्था गरिएको छ।

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. उदय नारायण सिंह (९८४६६९७६२), कमलेश कुमार सहनी (९८५५०१५०३२) र अखिलेश तिवारी (९८५५०१६१५९) लाई सहजकर्ताको जिम्मेवारी दिइएको अस्पतालले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय