बन्द उद्योग पुनः सञ्चालन गर्न सांसद बानुको माग

spot_img

काठमाडौं,२४ चैत । निष्क्रिय अवस्थामा रहेका साना तथा ठूला उद्योगहरू पुनः सञ्चालन गर्नुपर्ने माग संसद्मा उठेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अप्साना बानुले बन्द अवस्थामा रहेका उद्योगहरूलाई तत्काल सञ्चालनमा ल्याएर स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेकी हुन्।

उनका अनुसार देशभित्र रोजगारी सिर्जना गर्न नसके युवा पलायन अझै बढ्ने र युवाले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्न नसकिने अवस्था आउनेछ।

सांसद बानुले हालै जेनजी आन्दोलनका क्रममा सहभागी केही युवा पक्राउ परेको विषयप्रति पनि आपत्ति जनाउँदै उनीहरूको रिहाइको माग गरेकी छन्।

उनले युवामैत्री नीति र औद्योगिक पुनःसञ्चालनलाई आर्थिक सुधारको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएकी छिन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय