एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिँदै गरेकी युवती पक्राउ

spot_img

जनकपुर,२४ चैत ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले एसईई परीक्षा दिइरहेकी २० वर्षीया नुसरत खातुनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक केशव थेबेका अनुसार खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिइरहेकी अवस्थामा फेला परेकी हुन्। उनले पहिलो दिनदेखि नै सोही नाममा परीक्षा दिँदै आएको पनि खुलेको छ।

प्रहरीका अनुसार सलमा अजहर हाल कतारमा रहेको र उनले अध्ययन गर्ने विद्यालय भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसा रहेको बताइएको छ।

नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएकाले कानुनी कारबाही अघि बढाइने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय