जेलबाट भागेका अभियुक्त पुनः पक्राउ

spot_img

काठमाडौं,२५ चैत । बलात्कार मुद्दामा कैद भुक्तानका क्रममा कारागारबाट फरार भएका एक युवक पुनः पक्राउ परेका छन्। उमेश पुरी नामका ३१ वर्षीय उनलाई यसपटक स्कुटर चोरीको आरोपमा काठमाडौँको तीनकुनेबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी जेनजी आन्दोलनको अवसर पारेर डिल्लीबजार कारागारबाट फरार भएका थिए। त्यसपछि लुकीछिपी बस्दै आएका पुरीले अनलाइनमार्फत स्कुटर किन्ने बहाना बनाएर सवारी साधन लिएर भागेको खुलेको छ।

चैत २ गते उनले परीक्षणका लागि भन्दै स्कुटर लिएर फरार भएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २२ मा उनलाई पक्राउ गरी स्कुटरसमेत बरामद गरेको जनाएको छ।

उनीविरुद्ध यसअघि पनि बहुविवाह र चोरीसम्बन्धी मुद्दा रहेका छन्। अहिले प्रहरीले उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीमा राखेर कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय