राष्ट्रियसभाका चार समितिका सभापतिले लिए शपथ

spot_img

काठमाडौं,२५ चैत । राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनियुक्त सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नारायणप्रसाद दाहाल ले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा उनीहरूलाई शपथ गराएका हुन्।

शपथ लिनेहरूमा पूजा चौधरी (सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति), जयन्तीदेवी राई (संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति), कृष्णप्रसाद पौडेल (विकास, आर्थिक मामिला तथा सुशासन समिति) र कृष्णबहादुर रोकाया (विधायन व्यवस्थापन समिति) रहेका छन्।

नवनियुक्त सभापतिहरूले आफ्नो जिम्मेवारी सम्हाल्दै समितिका कामलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय