काठमाडौं,२५ चैत । नागरिकता सम्बन्धी कसुर मुद्दामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार पक्राउ पर्ने व्यक्ति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ५९ वर्षीय बाबुनन चौधरी कलवार हुन्।
उनीलाई सोमबार कलंकी क्षेत्रबाट विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चौधरीविरुद्ध जिल्ला अदालत रौतहट ले २०८२ भदौ २ गते नागरिकता सम्बन्धी कसुरमा पक्राउ अनुमति जारी गरेको थियो। त्यसपछि उनी फरार रहेका थिए।
पक्राउ परेका चौधरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको प्रहरीले जनाएको छ।

