मधेस प्रदेश उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा सञ्जय अग्रवाल निर्विरोध

spot_img

बीरगन्ज,२५ चैत । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको सातौँ अधिवेशनबाट युवा व्यवसायी सञ्जय कुमार अग्रवाल उपाध्यक्ष (एशोसिएट तर्फ) पदमा निर्विरोध निर्वाचित भएका छन्।

उक्त पदका लागि अग्रवालको उम्मेदवारीमात्र परेपछि उनी बिना प्रतिस्पर्धा निर्वाचित भएका हुन्।

निर्वाचनपछि उनले आफूलाई विश्वास गर्ने मधेस प्रदेशका उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूप्रति आभार व्यक्त गरेका छन्। अग्रवालले निर्विरोध चयनले आफूमा थप जिम्मेवारी थपिएको बताउँदै उद्योगी–व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

उनले आफ्नो कार्यकालमा व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान, लगानी प्रवर्द्धन, व्यावसायिक वातावरण सुदृढीकरण तथा क्षेत्रीय आर्थिक विकासमा ध्यान दिने बताए।

अग्रवालले सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै मधेस प्रदेशलाई प्रतिस्पर्धी औद्योगिक केन्द्रका रूपमा विकास गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगञ्जमा लामो समयदेखि व्यवसाय गर्दै आएका अग्रवाल सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय