कपिलवस्तु,२७ चैत । कपिलवस्तुमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत बनकसवासामा बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति अनियन्त्रित भई सडकमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनापछि तत्कालै प्रहरी टोली उद्धार कार्यमा खटिएको थियो। घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई आधारभूत अस्पतालमा राखिएको छ। बाँकी ६ जनाको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनाले यात्रुहरूमा त्रास फैलाएको छ भने राजमार्गमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो।

