दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा पेसी तोकियो

spot_img

काठमाडौँ,२७ चैत । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का को बन्दीप्रत्यक्षीकरण (हबियस कोर्पस) रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको हो।

खड्काको पक्षमा उनकी श्रीमती विनीता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन्। उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका थिए।

यसअघि बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले आवश्यक कागजात झिकाउने आदेश दिएको थियो। त्यसपछि थप विवरण माग गर्दै अदालतले सम्बन्धित निकायलाई लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार काठमाडौँ जिल्ला अदालतबाट खड्कालाई हिरासतमा राख्न म्याद थप गरिएको कागजात पनि पेश गरिएको छ। साथै, थप अनुसन्धानसँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाइएको थियो।

आवश्यक कागजात प्राप्त भएपछि अब मुद्दाको सुनुवाइ अघि बढ्ने सर्वोच्च अदालतले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय