सामुदायिक प्रहरीद्वारा राहतस्वरूप सामग्री वितरण

spot_img

बीरगन्ज,२७ चैत । सामुदायिक सहयोग र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित एक कार्यक्रमअन्तर्गत छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रले सिलिङ फ्यान हस्तान्तरण गरेको छ।

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को आयोजनामा भएको उक्त कार्यक्रममा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षता रहेको थियो।

कार्यक्रममा केन्द्रका सदस्य ज्याहुल हकको आर्थिक सहयोगमा छिपहरमाई गाउँपालिका–४ निवासी धर्मगुरु मौलाना वैचन अंसारीलाई सिलिङ फ्यान प्रदान गरिएको हो। सहयोगले दैनिक जीवनयापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रशुराम ठाकुर, सुरेन्द्र प्रसाद साह, शशिकान्त चौधरी, तैयब अंसारीलगायत स्थानीयको उपस्थिति रहेको थियो।

सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा आपसी सहयोग, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस्ता सामाजिक गतिविधि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय