spot_img

२५ वर्षीया रुबी ठाकुर ‘कान्छी’ उपसभामुखमा निर्वाचित

spot_img
spot_img

काठमाडौँ,२७ चैत । प्रतिनिधि सभाको उपसभामुख पदमा धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। उनी देशकै कान्छी उपसभामुख बनेकी हुन्।

बुधबार भएको मतदानमा कुल २५६ सांसद सहभागी भएका थिए। त्यसमध्ये ठाकुरले २२९ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनको विरुद्धमा ५ मत परेको र २२ मत तटस्थ रहेको सभामुखले घोषणा गरेका छन्।

श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रहेकी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले समर्थन गरेका थिए। यस समर्थनसँगै उनलाई दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामालाई पराजित गर्दै ठाकुर उपसभामुख बनेकी हुन्। लामाले राप्रपाका ५ सांसदको मात्र समर्थन पाएकी थिइन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठकमै ठाकुर सम्भवत: विश्वकै कान्छी उपसभामुख बनेको दाबी गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय