spot_img

रास्वपाको सपना र आफ्नो लक्ष्य समान रहेको सीके राउतको भनाइ

spot_img
spot_img

काठमाडौं,०७ असार । डा. सीके राउत ले देश निर्माण, समृद्धि र परिवर्तनको लक्ष्यमा आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच समान सोच रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै राउतले पार्टीका नेता–कार्यकर्ताले देखेको समृद्ध नेपालको सपना आफूले पनि लामो समयदेखि देख्दै आएको उल्लेख गरे। देशमा सकारात्मक परिवर्तन, सुशासन र विकासको आकांक्षा बोकेर नै आफू राजनीतिमा आएको उनको भनाइ थियो।

उनले रास्वपाप्रति प्रतिस्पर्धी दृष्टिकोण नराखेको स्पष्ट पार्दै समान उद्देश्य बोकेका राजनीतिक शक्तिहरूबीच सहकार्य र सहयात्राको भावना आवश्यक रहेको बताए।

“देशलाई राम्रो बनाउने लक्ष्य र जनताको जीवनस्तर उकास्ने चाहना साझा विषय हुन्,” भन्दै राउतले आफू प्रतिस्पर्धीको रूपमा नभई परिवर्तनको यात्रामा सहयात्रीका रूपमा कार्यक्रममा सहभागी भएको धारणा व्यक्त गरे।

उनको भनाइले वैकल्पिक राजनीतिक शक्तिहरूबीच साझा एजेन्डामा सहकार्य र संवादको सम्भावनालाई पनि संकेत गरेको सहभागीहरूले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय