spot_img

आज केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

spot_img
spot_img

काठमाडौं,२८ चैत  । देशभर आज मौसम आंशिक रूपमा बदली रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण विभिन्न प्रदेशमा मौसममा परिवर्तन देखिएको हो।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि हिमाली क्षेत्रमा बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम सफा रहने बताइएको छ। केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।

महाशाखाले वर्षा, हिमपात र चट्याङको सम्भावना रहेका क्षेत्रमा बसोबास गर्ने नागरिक तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय