spot_img

महागढीमाईमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम

spot_img
spot_img

बारा,२७ वैशाख । महागढीमाई नगरपालिका बरियारपुरमा समुदाय र सरकारी वकीलबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला सरकारी वकील कार्यालय बारा कलैयाको आयोजनामा भएको कार्यक्रममा कानुनी सचेतना, न्यायिक प्रक्रिया तथा समुदायसँग सरकारी वकीलको समन्वयका विषयमा छलफल गरिएको हो।

नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्र प्रसाद यादव प्रमुख अतिथि तथा जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत अध्यक्षको रूपमा सहभागी भएका थिए। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूसँग कानुनी सेवा प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।

अन्तरक्रियामा नगर उपप्रमुख तारा देवी कानु, वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल, वडा नम्बर १० का वडा अध्यक्ष चन्दन कुमार, वडा नम्बर ७ का वडा अध्यक्ष शिवेन्द्र प्रताप सिंह, शिक्षा शाखा प्रमुख रामविश्वास चौरसिया, सञ्चारकर्मी दिपेन्द्र जयसवाल तथा प्रशासन शाखाका गणनायक ठाकुरलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी विभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा स्थानीय तहमा कानुनी पहुँच र जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय