spot_img

सुकुमबासी समस्याको दीर्घकालीन समाधान आवश्यक : कुलमान घिसिङ

spot_img
spot_img

रौतहट,२७ वैशाख । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी तथा भूमिहीन नागरिकको समस्या समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्।

चन्द्रपुर–२ स्थित टेम्पु पार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले वर्षौंदेखि समाधान हुन नसकेको सुकुमबासी समस्यालाई व्यवस्थित र कानुनी रूपमा टुंग्याउन सरकारसँग आग्रह गरे।

घिसिङले शिक्षा, स्वास्थ्य, आवास र खाद्य सुरक्षाजस्ता संविधानप्रदत्त मौलिक हक प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका नागरिकको समस्या समाधानका लागि स्पष्ट नीति ल्याउनुपर्ने बताए।

उनले भने, “वर्षौंदेखि सुकुमबासी, भूमिहीन र अव्यवस्थित बसोबासीका समस्या समाधान हुन सकेका छैनन्। अब दीर्घकालीन योजना बनाएर कानुनी रूपमा समाधान गर्नुपर्छ।”

यसैबीच चन्द्रपुर नगरपालिकाले नगरभित्रका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ।

भूमि समस्या समाधान आयोगका अनुसार चन्द्रपुर क्षेत्रमा २,११९ भूमिहीन दलित परिवार, ४,८६६ भूमिहीन सुकुमबासी परिवार तथा ११,७९५ अव्यवस्थित बसोबासी परिवार रहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय